नेपालीलाई दुखले कहिलै नछोड्ने भो : आयो सारा नेपाली रुवाउने खबर

नेपालीलाई दुखले कहिलै नछोड्ने भो : आयो सारा नेपाली रुवाउने खबर

नेपालीलाई दुखले कहिलै नछोड्ने भो : आयो सारा नेपाली रुवाउने खबर

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा आगलागीबाट चार घर जलेर नष्ट भएका छन्।

आइतबार साँझ पदमराजको घरबाट सल्किएको आगोले अकिलराज राई, पदमराज राई, गमराज राई र अगमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो।

आगलागीमा अकिलराजको २५ लाख ७९ हजार, पदमराजको २४ लाख ३० हजार, अगमराजको २४ लाख ५१ हजार, गमराजको २२ लाख ९६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगो स्थानीयवासी, प्रहरी र मुडे ब्यारेकबाट गएको सेनाको टोलीले नियन्त्रणमा लिएको थियो।

यस्तै, गोठ जल्दा गमराजको ३ वटा बंगुर, ११ वटा बाख्रा र ८ वटा पाठा, अकिलराजको १ वटा बाख्रा र ९ वटा पाठा, पदमराजको २ वटा बंगुर र ४ वटा बाख्रा तथा अगमराजको २ वटा बंगुर मरेका छन्।

आगलागीपीडितहरुलाई हलेसी तुवाचुङ नगरपालिकाले आइतबार राति चामल, नुनतेल, तरकारी, चिउरा, चाउचाउका साथै टहरो बनाई बस्नका लागि पाललगायतको सामग्री उपलब्ध गराएको नगरपालिकाका मेयर इवन राईले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *