१ बर्सदेखी अदालत धाउदै छन ,अपिल त्रीपाठि उनि बिरुद्द मुद्दा आखिर किन हेर्नुहोस उनको फेसबुक स्टाटस

मिडियाकर्मी अपिल त्रीपाठिलाइ नचिन्ने नेपाली कमै होलान। सरकारी कार्यलयमा हुने गरेको घुसखोरी काम र अनियमिततालाइ छड्के हान्दै कर्मचारिको कर्तुतलाइ बाहिर पर्दाफास गर्दै आएका अपिल त्रिपाठी एक बर्स देखि मुद्दा लडिरहेका छन।

उनी बिरुद्द मुद्दा लागेपछी उनले झन्डै एक बर्स अन्तराल पछि आज आफ्नो फेसवुकमा येस्तो स्टाटस लेखे: हेर्नुस जस्ताको तस्तै:

“नेपाल टेलिकमले मलाई बिपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेको यहाँहरु लाइ अबगत नै छ | झन्डै १ बर्ष देखि अदालत धाइरहेको छु | थाहा छैन, मुद्दा जितिन्छ कि हारिन्छ वा हराइन्छ !

तर म त्यहि भाग्यमानि हु, जो सरकारी कार्यालयले टाइममा सेवा दिनुपर्छ भनेर आवाज उठाउदा, महिनौ देखि सब कामकाज छोडेर निजि वकिल राखेर अदालतको कठघरामा उभिन्छ |

यो देशमा नागरिकले पाउनै पर्ने अधिकार माग्दा ‘शासक’ हरुको बडो टाउको दुख्छ | सम्मानित अदालत बारे केहि टिप्पणी नगरौ, फेरी घर बाहिर प्रहरीको गाडि आइपुग्ला ! अनुभव शेयर गरेको हु, गुनासो गरेको होइन, गर्दिन पनि |

किनकि यो आम नागरिकको पक्षमा म आफैले रोजेको बाटो हो | यसै पनि यस्ता झिना मसिना तगाराहरु सग जुध्न सधै तयार नै छु | तै पनि त्यसै चर्को बोलेको होइन | त्यसै पारो तातेको होइन |”

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *