दिपक राज गिरि : “देश मेरो हैन भन्नेलाइ गोलि हान्नुपर्छ” भन्दै कडा बिरोध – सेयर गरौ

देशले अन्याय गरेको छ भने बोलि हाल्नु पर्छ
देशै मेरो होइन भन्ने लाइ चाहि गोली हान्नु पर्छ ….!!!”

याे स्टाटस हास्यकलाकार तथा नायक दिपकराज गिरीले अाफ्नाे फेसबुकमा लेखेका छन । स्वतन्त्र मधेशकाे नारा फैलाउदै देश टुक्रयाउने गतिबिधी गर्दै आएका सिके राउत र नेपाल सरकारबिच ११ बुदे सम्झौता भएसंगै त्यसकाे प्रसंशा भन्दाबढि आलाेचना भईरहेकाे देखिन्छ ।

देश टुक्रयाउने संग सम्झौता गर्नु र सम्झौता पश्चात पनि स्वतन्त्र मधेशकाे नारा लगाउदै देशकाे राष्ट्रियतामाथि नै प्रहार गर्न खाेजिनुलाई दुखद रुपमा लिईएकाे छ ।

सरकारले जेलमा रहेका सिके राउतलाई एकाएक रिहा गर्दै गरेको यो सम्झौतालाई लिएर धेरैलाई संकाको रुपमा समेत लिएका छन् । यो बिषयमा देश बिदेशमा रहेका धेरै नेपालीले सामाजिक संजाल मार्फत बिभिन्न मध्यमबाट आप्पति जनाएका छन् भने सरकारमा रहेको सत्ता पक्ष्यकै केहि नेताहरुले खुलम खुल्ला यो सम्झौता माथि संका ब्यक्त गरेका छन् ।

यति मात्र नभएर प्रतिपक्ष्यका नेता हरुले पनि यो बिषयमा गम्भीर प्रश्न उठाएका छन् । यो संगै आम नेपाली माझ सिके राउत र सरकार बीच भएको सम्झौतालाई लिएर टिकाटिप्पणी हुनुका साथै बहसको बिषय समेत बनेको छ ।

विखण्डनकाे मुद्दा छाडेकाे खाेइ ?
राउतले बारम्बार उच्चारण गर्ने गरेको जन अधिकार भन्ने शब्दको व्याख्या भएको छैन तर उनले स्वतन्त्र मधेस राज्यको माग छोडेको कुरा कतै पनि उल्लेख नगरेको र सरकारले सम्झौता मार्फत यिनको कथित ‘स्वतन्त्र मधेस गठबन्धन’ लाई औपचारिक मान्यता दिएकोले यो जन अधिकार भनेको स्वतन्त्र मधेस राज्य नै हो

अथवा कालान्तरमा त्यसै रूपमा रजनीतिक एजेण्डा बनेर उभारमा आउनेछ भन्ने कुरा बुझ्न गार्‍हो छैन । जुलुसले मैथिली लवजको हिन्दीमा गगनभेदी नारा लगाएको थियो: स्वतन्त्र मधेस के नेता सीके जिन्दावाद !

अब हमें क्या चाहिए- पुरी आजादी ! आजादी हम् लेकर रहेंगे ! सम्झौताको दोस्रो दिन नै जनकपुरको आकाशमा गुञ्जिएका यी नाराहरूले सीके राउतको नीति र नियतको पोल नराम्रोसँग खोलिदिएका छन् ।

लाटाले पनि बुझ्ने कुरा के हो भने संविधानमा उल्लेख भएका विषयहरूमा नयाँ जन अभिमत खोजिदैंन । सम्झौतामा उल्लेख भएको जन अभिमत नियमित आवधिक चुनाव हुन सक्दैन ।

सम्झौतामा लाजगालले शब्दलाई अलि अस्पष्ट पारेको भए पनि प्रम ओलीले यो सम्झौता मार्फत राउतलाई भविष्यमा उनले राख्ने माग सम्बोधन गर्न राज्य जनमत संग्रह गराउँन तयार छ भन्ने कबुलियतनामा गरिदिएका हुन् । यो पनि जाहेर छ, राउतले राख्ने माग भनेको देशको विखण्डन नै हो ।

यो कुरा राम्रोसँग बुझेका राउतले आफ्नो जीतको खुशियाली शानदार ढङ्गले मनाएका छन् । हिजो जनकपुर पुगेका उनको स्वागतका लागि जम्मा भएको जन समुदायले स्वतन्त्र मधेस राज्यको स्पिरिट अनुसारको वातावरण बनाएको थियो । स्वागतार्थी भीडमा सबैले स्वतन्त्र मधेसको झण्डा र ‘आजको हाम्रो माग स्वतन्त्र मधेस’ भन्ने प्लेकार्ड बोकेका थिए ।

जुलुसले मैथिली लवजको हिन्दीमा गगनभेदी नारा लगाएको थियो: स्वतन्त्र मधेस के नेता सीके जिन्दावाद ! अब हमें क्या चाहिए- पुरी आजादी ! आजादी हम् लेकर रहेंगे !

सम्झौताको दोस्रो दिन नै जनकपुरको आकाशमा गुञ्जिएका यी नाराहरूले सीके राउतको नीति र नियतको पोल नराम्रोसँग खोलिदिएका छन् । ८ वर्ष अघि मात्र प्रवासको जागिरे जीवन छोडेर नेपाल आएका सीके राउतको अहिलेसम्मको राजनीतिक उपलब्धि भनेको प्रचारात्मक मात्र रहेको छ ।

सरकारले समाउँदै छोड्दै गरेर यिनलाई राजनीतिक स्पेस दिनुको सट्टा राज्यद्रोह विरुद्ध कडा कानून बनाएर यिनलाई आजीवन जेलामा सडाइदिएको भए किस्साको स्वरूप नै अर्कै हुने थियो । देश टुक्र्याउँन खोज्नेका लागि धेरै देशमा त मृत्युदण्डको सजाय पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *