के हो यस्तो ? दाङमा जनप्रतिनिधिले नै लखेटी लखेटी मान्छे कुटे

दाङमा एकजना वडा सदस्यले लखेटी लखेटी मानिस कुटेको अभियोग लागेको छ ।

नारायण खड्काले सेतोपाटीमा लेखेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले कुटेर घाइते तुल्याएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले घटना पछि वडा सदस्य रोका फरार रहेको जानकारी दिए ।

बिहीवार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका,संजय विश्वकर्मा र सुरेश मगरले सुनारलाई लखेटी लेखेटी हात खुट्टा तथा चिर्पटले निर्घात कुटपिट गरेको एसपी पाण्डेले बताए ।

कुटपिटमा संलग्न रहेका मध्य इन्द्रबहादुर रोका र संजय विश्वकर्मालाई पक्राउ गरेको तथा अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । कुटपिटबाट सुनारको टाउको लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको पनि प्रहरीले बताएको छ।

यसैबीच तुलसीपुरमा मदिराले मातेका युवाहरुका बीचमा कुटाकुट हुँदा थप तीन जना गम्भीर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगपरपालिका वडा नं. ७ मोतिपुरमा युवाहरुका बीच कुटाकुट हुँदा वडा नं. ६ कपडादेवी निवासी २१ बर्षीय सञ्तोष चौधरी, सोही उमेरका दिकप चौधरी र २२ बर्षीय अर्जुन चौधरी घाइते भएको प्रहरीको भनाइ छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि उनीहरुलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जानकारी दिएको हो । घाइते सबैलाई टाउको, अनुहार लगाएत शरिरका विभिन्न भागमा चोट पटक लागेको छ।

यो पनि पढ्नुहोला

दाङमा पक्राउ परेका १० मध्ये तीन जनाविरुद्ध मुद्दा चलाउने तयारी (१० जनाकै नामसहित)

बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरी जवानलाई कुट्ने तीन जना युवालाई प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी निवासी प्रहरी जवान जितबहादुर चौधरीलाई कुट्ने मध्य स्थानीय १७ बर्षीय माधव वली, १७ बर्षीय दिनेश विक र १७ बर्षकै बिक्रम बिकलाई सार्वजनिक मुद्दा लगाउने तयारी गरिएको जिल्ला प्रहरि प्रमुख एसपि बेल पाण्डेले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले कुटपिटमा संलग्न मध्य दश जना युवाहरुलाई पक्राउ गरिएको भएपनि अरुलाई तारेखमा रिहा गरिने जानकारी दिए । ‘केही बेरमै पीडितको तर्फवाट जाहेरी आउँदैछ । त्यसैको आधारमा कस्तो मुद्दा लगाउने भन्ने निर्णय हुन्छ,’ डिएसपी शाहीले भने ।

प्रहरीले १६ बर्षीय शुरेस बस्नेत, १५ बर्षीय टेकलाल पुन, १६ बर्षीय कमल राना, १६ बर्षिय भुवन परियार, १५ बर्षीय प्रकाश घर्ती, १६ बर्षीय सन्तोष पुन, १८ बर्षीय शिखर बस्नेतलाई तारेखमा रिहा गर्ने तयारी गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *